थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

८ पुष २०७८, बिहीबार १७:१६

काठमाडौं । बिहिबार देशभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ५१० जनामा पीसीआर परीक्षण गर्दा २४१ जनामा र २ हजार ११६ जनामा एन्टिजेन परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहिबार पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्य भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार १६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*