राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को परे छनौटमा ?

१० पुष २०७८, शनिबार २१:३८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओका लागि प्रकाशन गरेको सूचना अनुसार आवेदन दिएका मध्ये पाँच जनाको नाम हिजो प्रकाशित गरिएको छ ।

यही पुस ९ गते बसेको पदपूर्ति सिफारिस उपसमितिको बैठकले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । हिजो प्रकाशित सूचना अनुसार पहिलो नम्वरमा तोयराज अधिकारी, दोस्रो नम्वरमा बुद्धकाजी श्रेष्ठ र तेस्रो नम्वरमा राम बहादुर खड्का रहेका छन् । त्यस्तै चौथो नम्वरमा सुरेन्द्र थापा तथा शेयर बराल रहेका छन् ।

सर्टलिष्टमा परेका तोयराज अधिकारी बेष्ट फाइनान्स पूर्व सिईओ हुन् । दोस्रो नम्ववरमा नाम रहेका बृद्धकाजी श्रेष्ठ युनाईटेड इन्स्योरेन्स कम्पनीमा चौधरी ग्रुपको तर्फबाट सञ्चालक थिए ।

तेस्रो नम्वरमा रहेका खड्का राष्ट्रिय बीमा संस्थानका पूर्व प्रशासक हुन् । उनैका पालामा राष्ट्रिय बीमा कम्पनीको स्थापना भएको थियो । चौथो नम्वरमा रहेको सुरेन्द्र थापा हाल अजोड इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत छन् ।

त्यस्तै पाँचौं नम्वरमा रहेका शेखर बराल युनाईटेड इन्स्योरेन्स कम्पनीका पूर्व सिईओ हुन् । सर्टलिष्टमा परेकाहरुलाई अर्र्को सूचनामार्फत व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि बोलाइने कम्पनीले हिजोको मितिमा आज प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

One thought on “राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न पाँच जनाको नाम सार्वजनिक, को को परे छनौटमा ?

  1. भेष कुमारी राई (बि.के.साम्पाड्ग) says:

    आदरणीय सबै ब्यक्तित्व प्रति अग्रिम बधाई तथा उच्च सम्मान छ।
    सम्बन्धित पदको निमित्त सम्बन्धित निकायको सही मूल्यांकन गर्ने अधिकार, कर्तव्यर उत्तरदायित्व हो।
    म एक अभिकर्ताको हैसियतले यत्ति नै काफी महसूस गरेकी छु। धन्यवाद, सबैको सदा सर्वदा जय होस्।बशुधैब कुटुम्बकम्:

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*