सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुदैछ कारोबार ?

१२ पुष २०७८, सोमबार ११:४४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले वृद्धि भएको छ । सोमबार सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*