नक्कली बीमा दावी भुक्तानी गर्ने बीमा कम्पनीलाई कारवाही गर्ने बीमा समितिको चेतावनी, प्राईस कटिङ र उधारो बीमा नगर्न निर्देशन

२८ पुष २०७८, बुधबार २२:००

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीलाई आज कडा निर्देशन जारी गरेको छ । समितिका नियमन शाखाका निर्देशक दिनेशलाल कर्णले आज सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने कार्य रोक्न निर्देशन दिएका छन् ।

बीमा समितिले आज दिएको निर्देशन अनुसार डमी कर्मचारी खडा गरी भुक्तानी गर्ने, उधारो बीमा गर्र्ने, नक्कली दावीहरु सिर्जना गरी भुक्तानी दिने, नगद फिर्ता गर्ने, प्राईस कटिङ गर्ने (ट्यारिफ भन्दा कम मूल्यमा बीमा गर्ने कार्य) जस्ता कार्यहरु अझै पनि भइरहेको गुनासो बीमा समितिमा प्राप्त भएकोले त्यस्ता कार्यमा संलग्न जो कोहीलाई बीमा समितिले कडा कारवाही गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*