अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

२ माघ २०७८, आईतवार १४:५६

अजोड इन्स्योरेन्स कम्पनीले पर्वत जिल्लाको जलजला गाऊँपालिका दुई दिने घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊँपालिका वडा नं। ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो ।

जलजला गाऊँपालिका वडा नं। ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*