जानकारी नदिई बेपत्ता हुने जिआईसीका कर्मचारीलाई कारवाही गर्ने प्रस्तावमा सिईओ श्रेष्ठले हस्ताक्षर गरेनन्

३ माघ २०७८, सोमबार २१:०१

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा जानकारी नै नदिई पाँच दिनसम्म बेपत्ता भएका दुई उच्च कर्मचारीलाई कारवाही गर्न सिईओ रामचन्द्र श्रेष्ठले आनाकानी गरेका छन् ।

कम्पनीको जिम्मेवार पदमा रहेका दुई कर्मचारी गत महिना एचआरलाई जानकारी नै नदिई बेपत्ता भएका थिए । कार्यालयमा जानकारी नै नदिई अनुपस्थित हुने कर्मचारीलाई विभागीय कारवाही स्वरुप ग्रेड रोक्का गर्ने प्रस्ताव सम्बन्धी फाइलमा सिईओ श्रेष्ठले हस्ताक्षर गर्न नमानेको जिआईसी स्रोतले जनाएको छ ।

एचआरले जानकारी नै नदिई कार्यालयमा अनुपस्थित हुनु कम्पनीको कर्मचारी नियमावली विपरित भएको भन्दै टिप्पणी उठाएर फाइल श्रेष्ठ कहाँ पठाएको थियो । तर, श्रेष्ठले हस्ताक्षर गर्न नसकेको जनाएको छ ।

सिईओ श्रेष्ठले हस्ताक्षर गर्न नमानेपछि अटेर गरेर कार्यालय छोडेर बेपत्ता हुने दुई उच्च कर्मचारीहरुका कारण कम्पनीभित्र सुशासन कायम गर्न कठिन भएको छ । कम्पनीभित्र बढ््दै गएको छाडातन्त्रका कारण व्यवसाय बृद्धि गर्न सकेको छैन भने बजारमा जाँदा समेत राम्रो रेस्पोन्स पाउन नसकेको सोही कम्पनीका मार्केटिङ विभागमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*