युनाइटेड इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

६ माघ २०७८, बिहीबार १३:०२

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले ह्युमन रिसोर्स डिपार्टमेन्ट अन्तर्गत अफिसर।सिनियर अफिसर (डिपार्टमेन्ट हेड) र आवश्यकता अनुरुप अफिसर।सिनियर अफिसर केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सो पदका लागि स्नातक तह देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त आह्वान गर्न सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*