हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ बज्रचार्यद्वारा ‘राजिनामा’ नलेखी राजिनामा, माघ २८ गते विदाई

९ माघ २०७८, आईतवार ११:४४

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका सिईओ सुशिल बज्राचार्यले सो कम्पनी छोड्ने भएका छन् । सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि कम्पनी छोड्ने निर्णय गरेका हुन् । सिईओ बज्राचार्यले राजिनामा नगरी औपचारिक प्रक्रिया पूरा गरेर कम्पनी छोड्न लागेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति र सिईओ बज्रचार्यका बीचमा २०७६ साल साउन १ गतेदेखि भएको सम्झौता संशोधन गरी सिईओको कार्यकाल यही माघ महिनाभरि मात्रै कायम गरिएको हो ।

सिईओ बज्राचार्यले व्यक्तिगत कामको कारण हिमालयन जनरल इन्स्योरेन्स कम्पनी छोड्न लागेका हुन् । उनले कुटनीतिक रुपमा कम्पनी छोड्न लागेका हुन् । चार वर्षका लागि सिईओनियुक्त भएका बज्रचार्यले राजिनामा नगरी करार संशोधन गरेर कम्पनीबाट सौहार्दपूर्ण रुपमा विदा लिन चाहेको छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*