दावी भुक्तानीमा नेको इन्स्योरेन्सको फड्को, ६ महिनामा ६० करोड दावी भुक्तानी

११ माघ २०७८, मंगलवार १७:२०

काठमाडौँ  नेको इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सफलता हासिल गरेको छ । गत आवको बक्यौता दावी भुक्तानी मध्ये करिब ७० प्रतिशत चालु आवको छ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्स कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक बर्ष २०७८/७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको छ ।

आर्थिक बर्षको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३।२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रीक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकहरुको विश्वास जित्न सफल भई ब्यवसायमा पनि गतबर्षको तुलनामा यस आबको ६ महिनासम्ममा १८ प्रतिशतले बृद्धि गर्न सफल भएको जनाएको छ ।

त्यसैगरी कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७।०७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*