प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभुत र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम संचालन गर्ने

१३ माघ २०७८, बिहीबार १२:०२

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले ३ दिने उक्त तालिमहरु संचालन गर्न लागेको हो ।

कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म भर्चुअल माध्यमबाट कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम र माघ २७ गतेदेखि २९ गतेसम्म भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको हो ।

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिममा सहभागी हुने इच्छुक ब्यक्तिले माघ १७ गतेसम्म र बीमा अभिकर्ता आधारभुत तालिममा सहभागी हुने इच्छुक ब्यक्तिले माघ २१ गतेभित्र सम्पूर्ण आवश्यक कागजातसहित आवेदन पेश गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*