दैलेखमा पशु बीमाप्रति आकर्षण बढ्दै, ७६६ पशुको बीमा

१३ माघ २०७८, बिहीबार १३:१७

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाका कृषकहरु पशु बीमाप्रति आकर्षित हँदै गइरहेका छन् । पशुको क्षतिको जोखिम बहन हुने भएपछि कृषक यसप्रति आकर्षित हुँदै गएका हुन् ।

सो जिल्लामा ब्यावसायिक रुपमा बाख्रा, भैसी र गाईपालन गरी रहेका कृषकहरुले अहिले ७६६ पशुको बीमा गराएका छन् । जसमा दुल्लु नगरपालिकाका ४४१ पशु र गुराँस गाउँपालिकाका ३३५ पशुको बीमा गरिएको हो । सामाजिक सेवा केन्द्रद्वारा सञ्चालित परियोजनाबाट दुल्लु नगरपालिकाभित्रका ७३ जना कृषकले पालेका ३७० बाख्रा, ३७ भैँसी र ३४ गाईको बीमा गराएका हुन् ।

पालिरहेका पशु रोग वा दुर्घटनाले मरिहाले जोखिम बहन हुने भएकाले गर्ने कृषकलाई पेसाप्रति थप उर्जा थप्ने विश्वास बीमा कम्पनीहरुले गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*