अजोड इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?

१४ माघ २०७८, शुक्रबार ०९:४४

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ६ गते आव २०७७।०७८ को चौथो बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले बार्षिक साधारणसभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुने जनाएको छ । साथै जुममार्फत भर्चुअल रुपमा समेत सहभागी हुन पाउने जनाइएको छ ।

साधारणसभामा मुख्य रुपमा तीन वटा एजेण्डा लैजाने भएको छ । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा परिक्षक नियुक्ती गर्ने काम गर्नेछ ।

कम्पनीले बार्षिक साधारणसभा प्रयोजनको लागि आगामी माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । सो आधारमा माघ २३ गतेसम्म कायम भएका शेयरधनीहरुले बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*