हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुँदै

१६ माघ २०७८, आईतवार १२:३९

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् ।कम्पनीको संचालक समितिबाट स्वीकृती भई अन्तिम स्वीकृतीको लागि बीमा समितिमा पुगेको छ । बीमा समितिले अन्तिम स्वीकृती दिएसँगै कम्पनीको सिईओमा शाह कम्पनीको सिईओमा नियुक्त हुन पाउनेछन् ।

इन्स्योरेन्सका सीईओ सुशील  बज्राचार्य फागुनदेखि इन्स्योरेन्सबाट बाहिरिन लागेका हुन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आपसी सहमतिमा करार संशोधन गरी उनको कार्यकाल २०७८ माघ मसान्तसम्मको लागि मात्रै कायम गर्ने निर्णय गरेको हो ।

यससँगै फागुनबाट रिक्त हुन लागेका हिमालयन जनरल इन्स्योरेन्सको सीईओ पदमा शाहलाई नियुक्त गरिने श्रोतले जनाएको छ । शाह यसअघि नेपाल इन्स्योरेन्सको सीईओ थिए । आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरी उनी गत साउन ९ गते नेपाल इन्स्योरेन्सबाट बाहिरिएका थिए।

उक्त कम्पनीबाट बिदा भएको ६ महिना अर्थात आफ्नो कुलिङ् पिरियड सकिएसँगै शाह हिमालयन जनरल इन्स्योरेन्समा आवद्ध हुन लागेका श्रोतले जनाएको छ । कुशल व्यवसायिक व्यवस्थापक रहेका शाहको बीमा क्षेत्रमा लामो अनुभव रहेको छ । उनको नेतृत्वमा विभिन्न कम्पनीले राम्रो फड्को मारेको देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*