जनरल इन्स्योरेन्सका सिईओ श्रेष्ठ असफल बन्दै, कम्पनीको चेनअफ कमाण्ड फेल !

२१ माघ २०७८, शुक्रबार १८:५५

काठमाडौं । गत साउन १२ गते जनरल इन्स्योरेन्स कम्पनीको सिईओ पदमा नियुक्त भएका रामचन्द्र श्रेष्ठले प्रशासनिक दक्षता र कुशल नेतृत्व प्रदर्शन गर्न नसक्दा कम्पनीको साख दिनानुदिन खस्किदै गएको छ । यसअघिका ७४ बर्षिय महाप्रबन्धक एसके तमोटले जत्ति पनि सिईओ श्रेष्ठले काम गर्न नसकेको चर्चा बीमा क्षेत्रमा चलेको छ । तमोटले छोडेपछि कम्पनी सम्हाल्न पुगेका श्रेष्ठले जनरल इन्स्योरेन्स कम्पनीलाई सही गतिमा अघि बढाउन असफल भएका छन् ।

कम्पनीका सिईओ असफल हुँदा जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु चिन्तित बन्न थालेका छन् । बीमापोष्टको सम्पर्कमा आएका एक सञ्चालकका अनुसार सिईओ श्रेष्ठले छ महिने अवधीमा खासै राम्रो काम गर्न नसकेको निष्कर्ष निकाल्न थालिएको छ । जसका कारण अधिकांश ठूला लगानीकर्ताहरु सिईओ श्रेष्ठसँग असन्तुष्ट हुन थालेका छन् ।

श्रेष्ठमाथि कम्पनीभित्र चेन अफ कमाण्ड गुमाएको, गलत काम गर्नेमाथि कारवाही गर्न नसकेको लगायतका आरोप छ । उनले संस्थागत सुशासन कायम गर्न नसक्दा बीमाको व्यवसायमाथि नै धक्का लागेको कम्पनीका कर्मचारीहरुकै गुनासो छ । कम्पनीभित्र चेन अफ कमाण्ड नहुँदा कुन कर्मचारी कार्यालयमा आए–नआएको समेत एचआरलाई थाहा हुन छोडेको बताइन्छ । कम्पनीमा कार्यरत तल्ला तहका कर्मचारीमात्रै नभई विभागीय प्रमुखहरु समेत एक सातासम्म सम्पर्क विहिन हुँदा समेत कारवाही गर्न नसक्नुले उनको नेतृत्व क्षमतामाथि समेत प्रश्न चिन्ह उठ्न पुगेको हो ।

कम्पनीले साख दिनानुदिन खस्किदै गएपछि मार्केटिङका कर्मचारीहरुले बजारमा गएर प्रस्ताव राख्दा समेत कठिन हुने गरेको छ । कम्पनीले गलत तरिकाले भुक्तानी गरेको खिलुङ कालिका एग्रोको तीन करोडभन्दा बढि रकमको अझै हिसाब मिलाइन भइनसकेको भएर कम्पनीमाथि कुनै पनि बेला बीमा समितिले डण्डा तेस्र्याउने त्रास कर्मचारीहरुमा बढेको एक कर्मचारीले बीमापोष्टलाई जानकारी दिए ।

One thought on “जनरल इन्स्योरेन्सका सिईओ श्रेष्ठ असफल बन्दै, कम्पनीको चेनअफ कमाण्ड फेल !

  1. Nil says:

    Yo bikaau patrikaar ho. Yesko samachaar portal registered pani chaina.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*