मिडिया स्पेस सोलुसन्सले फागुन २७ गतेदेखि ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ संचालन गर्ने

२० फाल्गुन २०७८, शुक्रबार ११:५९

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा अन्तर्राष्ट्रिय प्रदर्शनी २०२२ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ गर्ने भएको छ । यी दुई प्रा.लि.ले सातौं वर्षको अवसरमा फागुन २७ गतेदेखि फागुन २९ गतेसम्म भृकुटीमण्डपमा तीन दिने प्रदर्शनी गर्न लागेको हो ।

आयोजना हुन लागेको उक्त अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरु का १५० भन्दा बढि स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादन हरु को बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी बिगत ६ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आइरहेको छ ।

यस अन्तराष्ट्रिय प्रदर्शनीमा कन्ट्रक्शन म्याटेरियल्स, कन्स्ट्रक्शन मेशिनरी, कन्स्ट्रक्शन हेभी इक्युपमेन्ट, प्रि फ्याब स्ट्रक्चर, युपिभिसि विन्डोज मेशिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चुअल हार्डवेयर, बाथरुम फिटिङ्स, पाइप्स, टाइल्स एण्ड स्यानिटरी वेयर, रुफिङ, प्रि इन्जिनियरिङ विल्डिङ, पावर टुल्स, विन्डोज, कंक्रिट ब्लक मेशिनरी म्यानुफ्याक्चर्स, अर्थ मुभिङ इक्विपमेन्ट, म्याटेरियल ह्यान्डलिङ इक्विपमेन्ट्स आल्मुनियम कम्पोजिट प्यानलहरुको पनि उल्लेखनीय सहभागित रहने जनाएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. का प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार, यस प्रदर्शनीमा टाईटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहने छ भने यस अन्तराष्ट्रिय प्रदर्शनीका सहयोगी संस्थाहरु नेपाल इन्जिनियरिङ एशोसियसन, फेडेरेशन अफ कन्ट्रयाक्टर एशोसियसन अफ नेपाल, सोसाइटि अफ नेपाल आर्किटेक्ट्स, हेभि इक्विपमेन्ट पार्ट्स एशोसियसन तथा फेडेरेशन अप इन्डियन इन्डस्ट्रि रहने तथा ३ दिनसम्म संचालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यस प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरु, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ । यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निमार्ण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने र विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउन एउटा माध्यम हुने तथा नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तराष्ट्रिय बजारसम्म पहुँच पुर्याउन सहयोगी हुने मिडिया स्पेन्स सोलुसन प्रा.लि. ले विश्वास लिएको छ ।

साथै प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*