नाइमा मोबिलिटी एक्स्पोमा ७७ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पोमा तीन दिनसम्म ७७ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् भने हालसम्म ५२ नयाँ मोडल सार्वजनिक भइसकेका छन् । चारपाङ्ग्रेमा १६–१७ लाखदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारी उपलब्ध छन् । दुईपाङ्ग्रेमा पनि विशेषगरी युवाको आकर्षण देखिएको छ ।
अवलोकनकर्ताले सवारीको ब्याट्री क्षमता,मोटर,रेन्ज,आफ्टर सेल्स सर्भिस, ब्याट्री वारेन्टी, रिसेल भ्यालु लगायतबारे चासो राखेका छन् । ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्य छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत कर्जालगायत सुविधा दिएका छन् ।











