कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा स्पष्ट छ :देउवा

१४ जेष्ठ २०७९, शनिबार २०:३५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताएका छन् । उनले भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहलसमेत भइरहेको बताएका छन् ।

सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा शनिबार देउवाले राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपालले परराष्ट्र सम्बन्ध अगाडि बढाउने बताएका छन् । ुनेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । नेपाल सरकार राष्ट्रिय हितलाई ध्यानमा राखी सार्वभौम समानतामा परराष्ट्र सम्बन्ध सबै छिमेकीसँग थप प्रगाढ बनाउनेछ । नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ,ु उनले भने, ुलिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा नेपाल सरकार स्पष्ट छ । सीमा सम्बन्धि विषय संवेदनशील हो । वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।ु

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*