प्रधानमन्त्रीको संयोजकत्वमा कृषि सम्बन्धी उच्च स्तरीय संयन्त्र गठन गर्ने घोषणा

१५ जेष्ठ २०७९, आईतवार १६:३३

काठमाडौं । सरकारले बजेटमार्फत प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय कृषि उत्पादन बृद्धि गर्न छुट्टै संयन्त्र स्थापना गर्ने घोषणा गरेको छ ।

आज संसदमा प्रस्तुत गरिएको बजेटमार्फत सरकारले प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरु सदस्य रहेको विशेष प्रकारको कार्यदल गठन गर्ने घोषणा गरेको हो ।

सरकारले कृषि उत्पादन बृद्धि गर्न बीऊ, मल, प्रविधि, सिंचार सुविधा उपलब्ध गराउने, लघुवित्त मार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषि बीमाको सुविधा दिएर कृषि उत्पादन बढाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*