बालाजु बाईसधारामा भिषण आगलागी, क्षतिको बिवरण आउन बाँकी

२५ श्रावण २०७९, बुधबार १३:२४

काठमाडौं । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए ।

आगलागीको सुचनापछि ललितपुर र काठमाडौंको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*