रियलमीको ‘रियलमी नार्जो ५०ए प्राइम’ नेपाली बजारमा, यस्ता छन् बजार मूल्य र फिचर्स

२५ श्रावण २०७९, बुधबार १८:२२

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५,००० mब्ज ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले भने, “नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।

यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इन्चको FHD डिस्प्ले र ५०MP क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।”

रियलमी नार्जो ५०ए प्राइममा समावेश केहि विशेषताहरुस्
यो नयाँ स्टाइलिश र इन्ट्री–लेभलमा अल–राउन्डर स्मार्टफोन, प्रयोगकर्ताहरूको सबै आवश्यकताहरू ध्यानमा राखी डिजाइन गरिएको हो । यो ८.१ mm को अल्ट्रा स्लिम स्मार्टफोन हो जसको तौल १९२.५ ग्राम रहेको छ । युवा उपभोक्ताहरूलाई मनपर्ने डायनामिक ग्लोइङ डिजाइन जुन 2D बाट बनेको नयाँ राइट–एंगल बेजेल डिजाइन हो ।

यसमा समावेश गरिएको ५० MP AI ट्रिपल क्यामेराले एन्ट्री–लेभल स्मार्टफोनका प्रयोगकर्ताहरूलाई फ्ल्यागशिप क्यामेराको अनुभव प्रदान गर्दछ । यस स्मार्टफोनमा ५० MP प्राइमरी क्यामेरा, सुपर क्लोज फोकस भएको म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजर सहितको B&W लेन्स समावेश छ,जस्ले प्रयोगकर्ताहरूलाई जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्न मद्दत गर्छ ।

यसको अगाडिको 8MP HDR क्यामेराले विभिन्न फिल्टरहरू समर्थन गर्नुको साथै क्रिस्टल क्लियर सेल्फीहरू प्रदान गर्दछ । रियलमी नार्जो ५०ए प्राइम शक्तिशाली 8MP HDR  द्वारा संचालित छ, जुन स्मार्टफोन सेगमेन्टको उत्कृष्ट प्रोसेसर हो । यो एक अक्टा–कोर 12nm प्रोसेसर हो जसले 2.0 GHz सम्मको पावोर र Cortex A75 संरचना समर्थन गदर्छ, जसले स्मार्टफोनमा शक्तिशाली र स्थिर कार्यसम्पादन प्रदान गर्दछ । १६.७ सेमी (६.६”)FHD डिस्प्ले रहेको रियलमी नार्जो ५०ए प्राइम ले प्रयोगकर्ताहरूका लागि बिना कुनै अवरोध इमर्सिभ दृश्य अनुभव प्रधान गर्दछ ।

यो स्मार्टफोनमा मेगा ५००० MH ब्याट्री जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई नन–स्टप प्रयोगको मजा लिन र स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्दछ । फिंगरप्रिन्ट सेन्सर भएको यस फोनले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्दछ ।
२१ हजार ७९९ रुपैयाँमा रहेको रयलमी नर्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलर, ४+१२८GB भेरियन्टमा श्रवण २३ गते बाट बजारमा उपलब्ध हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*