५०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार?
२६ श्रावण २०७९, बिहीबार १०:५३

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँलै घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम भएको छ ।
बुधवार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको थियोे । सुन प्रतितोला २ सय रुपैयाँले बढेको थियो भने चाँदी तोलामा १० रुपैयाँलै घटेको थियो ।