केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन निःशुल्क गरिदिने चीनको घोषणा

२६ श्रावण २०७९, बिहीबार १२:५४

काठमाडौं । चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीले चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको भेटवार्तामा सो सम्बन्धि सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।
उक्त भेटवार्तामा उनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोगलिक अखण्डताप्रति चीनको निरन्तर समर्थन दोाहोर्याउँदै नेपाल सरकारको प्राथमिकलताअनुसार नेपालको विकास प्रयासमा सहयोग गर्ने आश्वासदन समेत दिएका थिए ।
साथै विदेशमन्त्री वाङले यसअघि सन् २०२२ को मार्चमा नेपाल भ्रमणमा सहमति गरेको नेपाल–चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने आश्वासन दिदै अनुदान सहयोगमा चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाब्यता अध्ययन गर्ने बताएका हुन् ।
सो अवसरमा मन्त्री वाङले नेपाललाई सन् २०२२ मा ८० करोड आरएमबी उपलब्ध गराउने समेत घोषणा गरेका छन् । नेपाली पक्षको आग्रहमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गर्न विचार गर्ने आश्वासन पनि दिएको छ ।
विदेश मन्त्री वाङ नेपालको कृषि क्षेत्रमा सहयोग गर्न सहमत हुनुका साथै उनले नेपालको उत्पादन क्षमता विकास गर्न चिनियाँ लगानीलाई प्रोत्साहन गर्न र नेपाली चिया तथा परम्परागत जडीबुटीको निर्यातमा सहयोग अभिवृद्धि गर्न पनि सहमत भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*