निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ४० अर्ब नजिक, अर्ब क्लबमा पनि उक्लिन सकेनन् दुई कम्पनी (तथ्याङ्कसहित)

२६ श्रावण २०७९, बिहीबार १७:४१

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको विवरणअनुसार निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क सवा ३९ अर्बमाथि पुगेको हो ।

संचालनमा रहेका २० निर्जिबन बीमा कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । शिखर इन्स्योरेन्सले सर्वाधिक धेरै बीमाशुल्क आर्जन गरेर टप वानको लिस्टमा आफ्नो नाम कायम राख्न सफल भएको छ ।

त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले पनि आफ्नो बीमा ब्यवसाय बढाउँदै गत असार मसान्तसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्सलाई पच्छ्याउँदै नेको इन्स्योरेन्सले पनि सो अवधिसम्म २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ६४ करोड, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३७ करोड, प्रिमियम इन्स्योरेन्सले २ अर्ब १४ करोड, हिमालयन जनरल इन्स्योरेन्सले २ अर्ब ६करोड, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ७७ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड ४३ लाख, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, युनाइटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड, द ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड, प्रभुले १ अर्ब ३५ करोड, प्रुडेन्सियलले १ अर्ब ३३ करोड, एभरेष्टले १ अर्ब २२ करोड, सानिमा जनरलले १ अर्ब ४ करोड, नेशनलले ९० करोड ६६ लाख र सबैभन्दा कम जनरले इन्स्योरेन्सले ९० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*