इन्जिनियर दीपेन्द्र कँडेलद्धारा केन्या आम निर्वाचनको पर्यवेक्षण, शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाउँदै

२६ श्रावण २०७९, बिहीबार २२:४६

काठमाडौं । पूर्वी अफ्रिकाको प्रभावशाली देश केन्यामा यही अगष्ट ९ मा आम निर्वाचन सम्पन्न भएको छ । नेपालका सामाजिक अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेलले अफ्रिकी मुलुकमा सम्पन्न भएको आम निर्वाचनको निष्पक्षता र स्वतन्त्रता पर्यवेक्षण गरेका छन् ।

गत साता केन्याको राजधानी नैरोवी पुगेका कँडेलले त्यहाँका प्रहरी प्रमुखसँग भेटवार्ता मात्रै गरेनन् केन्याको प्रख्यात टेलिभिजन टिभी ४७ र केबिसी टेलिभिजनमा अन्तर्वार्ता समेत दिएका छन् ।

दीपेन्द्र कँडेल इनिसिएटिभ्सको तर्फबाट पर्यवेक्षणको क्रममा कँडेलले विभिन्न मतदान केन्द्रहरुमा पुगेर प्रत्यक्ष पर्यवेक्षण गरी निर्वाचन स्वतन्त्र र धाँधलीरहित रुपमा सम्पन्न भएको प्रतिवेदन दिएको जनाएका छन् । नेपालको तर्फबाट दीपेन्द्र्र कँडेलसँगै शान्ता शर्माले निर्वाचनमा भयरहित वातावरणमा मतदान भए नभएको अध्ययन गर्नुको साथै स्वतन्त्रता, निष्पक्षता सम्बन्धी विस्तृत प्रतिवेदन दिएर फर्कने क्रममा रहेका छन् ।

पर्यवेक्षण टोलीमा सेभिन्ज हुसेनोभा, वैशाली बज्रचार्य, सन्तोष यसमालीले केन्यामा सम्पन्न आम निर्वाचनको पर्यवेक्षण गरेको दीपेन्द्र कँडेल इनिसियटिभले जनाएको छ । सो क्रममा पर्यवेक्षण टोलीलाई केन्याका प्रहरीले सुरक्षा प्रत्याभूति दिएको थियो । कँडेलले अफ्रिकी मुलुकमा पुगेर त्यहाँको निर्वाचनको स्वतन्त्रता पर्यवेक्षण गरेर आफूलाई अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रुपमा स्थापित गर्न सफल भएका छन् ।

केन्यामा ९ अगस्टमा सम्पन्न भएको आम निर्वाचनमा ४६ हजार २२९ वटा मतदान केन्द्रमा मतदान भएका थिए । निर्वाचनको समयमा हिंसा भड्केर विश्वभरकै एजेन्सीहरुले पर्यवेक्षण गर्न कठिन मानेको केन्याको निर्वाचनमा कँडेलले जोखिमपूर्ण छ भन्ने थाहा हुँदा हुँदै पनि जोखिम मोलेर पर्यवेक्षण गरेका हुन् । सन् २००७ को निर्वाचनमा केन्यामा भड्किएको हिंसामा १२०० जना मानिसको मृत्यु भएको थियो । दीपेन्द्र कँडेल शुक्रबार दुबई आईपुग्ने कार्यक्रम छ ।

 

सामाजिक अभियान्ता इन्जिनियर कँडेलले केन्याको टिभीलाई दिएको अन्तर्वार्ता हेर्न यहाँ क्लीक गरौं ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*