हिमालयन रिद्धारा बीमा कम्पनीहरुसँग बार्गेनिङ्, कम्पनी अनुसार फरक फरक मूल्य

२९ श्रावण २०७९, आईतवार ०८:०१

काठमाडौं । दर्तादेखि सञ्चालनसम्म विवादै विवाद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जन जति मुद्दा दर्ता रहेको हिमालयन रिले व्यवसाय सञ्चालनमा समेत निकै तल्लो स्तरमा झरेर बार्गेनिङ गर्ने गरेको बीमा कम्पनीहरुले गुनासो गरेका छन् ।

पुनर्बीमा कम्पनी हिमालयन रिले बीमा कम्पनीहरुसँग मूल्यमा बार्गेनिङ् गर्ने गरेको पाइएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कम्पनीहरुलाई बार्गेनिङ गरेर सस्तो रेटमा व्यवसाय लैजान प्रयत्न गरिरहेको छ । असाध्यै तल्लो स्तरमा झेर बार्गेनिङ गरेका कारण हिमालयन रिले कम्पनी अनुसार फरक फरक मूल्यमा व्यवसाय उठाइरहेको छ । कम्पनी अनुसार फरक फरक मूल्य कायम गरिएकोले भविष्यमा समस्या आउन सक्ने चेतावनी बीमा क्षेत्रका जानकारीले दिएका छन् ।

केही कम्पनीहरुसँग असाध्यै सस्तोमा व्यवसाय उठाएपछि अब अन्य कम्पनीहरु पनि हिमालयन रिसँग मूल्य घटाउन माग गर्न थालेका छन् । अग्नि बीमा, मोटरबीमा, सम्पत्ति बीमामा सामान्यता एउटै जस्तै दररेट रहेपनि हिमालयन रिले अत्यन्तै सस्तोमा व्यवसाय उठाइरहेको छ । नेपालको एउटा बीमा कम्पनीभन्दा सानो आकारको पुनर्बीमा कम्पनीले जथाभावी पुनर्बीमा उठाउँदा कम्पनीले धरापमा पर्नसक्ने देखिएको छ ।

दर्ता प्रक्रिया नै गैरकानुनी भएको र गत जेठ ५ गते हिमालयन रिलाई गैर कानुनी तरिकाले बीमा समितिले १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने निर्णयमाथि साढे तीन अर्ब भ्रष्टाचार भएको भन्दै बीमा समिति र अर्थमन्त्रालयका जिम्मेवार पदाधिकारीमाथि कारवाहीको माग गर्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भइसकेको छ । राजनीतिक पहुँचमा भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय आयोगले हिमालयन रि घोटाला सम्बन्धी मुद्दामा खासै चासो दिएको छैन । मुद्दा नै मुद्दाको घेरामा परेको हिमालयन रिइन्स्योरेन्स कम्पनी कुनै पनि बेला कानुनी फन्दामा पर्ने र त्यस्तो अवस्थामा नेपाली बीमा कम्पनीहरुको अर्बौ रुपैयाँ डुब्न सक्ने अर्को जोखिम समेत रहदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*