बीमा विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै, संसदमा छलफल हुने

२९ श्रावण २०७९, आईतवार ११:२७

काठमाडौं । २०७५ साल असारमा संसदमा पेश भएको बीमा विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल हुने भएको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री जनार्दन शर्माले यसअघि अर्थ समितिमा छलफल भई तयार भएको विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराउन पेश गर्न लागिएको हो ।

यसअघि अर्थ समितिमा बीमा विधेयकको प्रस्तावित मस्यौदालाई संशोधन गरी संसद्मा प्रस्तुत गरेको हो । बीमा ऐन, २०४९ ले बीमा क्षेत्रको विकास र नयाँ अवधारणालाई सम्बोधन नगरेपछि नयाँ ऐन ल्याउन लागिएको हो । नयाँ बीमा ऐनमा बीमा प्राधिकरण गठन गर्न प्रस्ताव गरिएको छ ।

नयाँ ऐनले बीमा क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउने विश्वास लिइएको छ। प्रतिनिधिसभाबाट पारित भएपछि उक्त उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बीमा ऐनको रूपमा लागू हुनेछ । यो ऐन लागू भएपछि बीमा ऐन, २०४९ र राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ खारेज हुने विधेयकमा उल्लेख छ ।

अर्थसमितिले गत असार २ गते बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफल सकिएर प्रतिनिधि सभाको संसदमा पेश भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*