राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबलकारको भ्रमण

३१ श्रावण २०७९, मंगलवार १३:३३

काठमाडौं । पोखरा आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार चढि सोमबार साँझ सराङकोटसम्म यात्रा गर्नुृभएको छ ।

सोमबार साँझ केबलकारबाट सराङकोट पुग्नुभएकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् ।

पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो ।

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*