निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?

३१ श्रावण २०७९, मंगलवार १८:१५

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । यी तीन कम्पनीलाई निर्जिवन बीमा क्षेत्रका शक्तिशाली कम्पनी मानिन्छ । कारोबार, व्यवसाय विस्तार र मुनाफाको आधारमा यी तीन कम्पनीबीच प्रतिपर्धा हुने रहेको तीन कम्पनीले प्रकाशन गरेको तथ्यांकले देखाएको छ।

विभिन्न सूचकमा एक आपसमा प्रतिस्पर्धी देखिएका यी कम्पनी बीमाशुल्क आर्जनमा पनि प्रतिस्पर्धीको रुपमा देखिएका हुन् ।केही समय देखि नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमा पोष्टले तीन निर्जीवन बीमा कम्पनीलाई दाँजेर तुलानात्मक अध्ययन गरेको छ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा

चुक्ता पुँजिको आर्जनको आधारमा

चुक्ता पुँजिको आधारमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब २८ करोड रुपैयाँ रहेको छ।बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई २ साढे अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्ने निर्देशन दिईसकेको छ।

दोस्रोमा नेको इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।शिखर इन्स्योरेन्सलाई पुँजि वृद्धि आवश्यक देखिदैन । नेको र सगरमाथा कम्पनीलाई भने चुक्ता वृद्धिको आवश्यक देखिन्छ ।

सगरमाथा इन्स्योरेन्स लाइफ इन्स्योरेन्स कम्पनीले भने पुँजिवृद्धिको लागि पारम्भिक मर्जर गरिसकेको छ। कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

बीमा कोषको आधारमा

बीमा कोषको आधारमा शिखर इन्स्योरेन्स कम्पनी नै अगाडि रहेको छ। कम्पनीको बीमा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ रकम संचित रहेको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ३७ करोड रुपैयाँ रकम संचित रहेको छ भने सगरमाथाको बीमा कोषमा १ अर्ब २२ करोड रुपैयाँ रकम संचित रहेको छ।

कुल बीमाशुल्कको आधारमा

तीन कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा सधै अग्रस्थानमा बीमाशुल्क आर्जन गर्दै आएको शिखर इन्स्योरेन्स नै व्यवसाय विस्तारमा अगाडि रहेको तथ्याङ्कले देखाएको छ। कम्पनीको गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ५ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ।

मुनाफाको आधारमा

खुद मुनाफाको आधारमा शिखर र सगरमाथा इन्स्योरेन्सलाई टक्कर दिँदै नेको इन्स्योरेन्स अग्रस्थानमा आएको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ५५ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रोमा रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४० करोड २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा भने शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको मुनाफा ४० करोड १ लाख रुपैयाँ रहेको छ ।

व्यवस्थापन खर्चको आधारमा

व्यवस्थापन खर्चको आधारमा हेर्दा शिखर इन्स्योरेन्स कम्पनी नै अग्रस्थानमा रहेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५८ करोड ४८ लाख रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिेएको छ ।
दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ४८ करोड ९८ लाख रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिएको छ।
तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले व्यवस्थापनमा अर्चमा गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ४१ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*