शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँ घाटामा

३१ श्रावण २०७९, मंगलवार १८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ ।

उक्त तथ्याङ्कअनुसार सो अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको । अघिल्लो वर्षको यसै अवधिसम्म शोधानान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो आवको यस अवधिसम्म ३१ लाखले घाटामा रहेको शोधानान्तर स्थिति समिक्षा अवधिसम्म २ अर्ब १४ करोडले घाटामा रहेको छ ।

त्यस्तै, चालु खाता ६ खर्ब २३ अर्ब रहेको छ । अघिल्लो आवको यसै अवधिसम्म चालु खाता ३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । साथै समिक्षा अवधिसम्म पुँजीगत ट्रान्सफर ३४.५ अर्ब प्रतिशतले घटेर ९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने वैदेशिक लगानी ४.९ प्रतिशतले घटेर १८ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो आवको यस अवधिसम्म पुँजीगत ट्रान्सफर १५ अर्ब २६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*