नेपालमा १० अर्बमाथि रेमिट्यान्स भित्रियो, खुद ट्रान्सफर कति ?

३१ श्रावण २०७९, मंगलवार १८:५६

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४.८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार रेमिट्यान्स ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो आवको यसै अवधिसम्म रेमिट्यान्ट ९.८ प्रतिशतले बढेको थियो । तुलनात्मक रुपमा अघिल्लो आव भन्दा यस आवमा रेमिट्यान्स घट्न पुगेको छ ।

साथै समिक्षा अवधिसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य बृद्धि भई ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षमा कोरोना महामारी सहजता भएसँगै सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि बाटो खुलाइदिएसँगै रेमिट्यान्समा बृद्धि भएको हो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समेत १९८.५ प्रतिशतले बृद्धि भई २ लाख ८२ हजार ४५३ पुगेको छ । अघिल्लो वर्षमा कोरोना महामारीको जोखिम कायमै रहँदा सरकारले वैदेशिक रोजगारमा जान बन्देज लगाएसँगै यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो ।

त्यस्तै, समिक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले बृद्धि भई ११ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षमा यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*