महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न

५ भाद्र २०७९, आईतवार १६:१७

काडमाडौं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए ।

तालिमको समापन अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाइ मुलुकको आर्थिक कृयाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आईरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

सूचना प्रबिधिमा महिला नामक संस्थाकी अध्यक्ष गुण केशरी प्रधानले महिलाहरुको सशक्तीकरणका लागि नेपाल महिला चेम्वरसंग सहकार्य गर्न गरिएको बताइन् । महिला उद्यमशीलता विकास गर्न भन्दै चेम्बरले यस अघि फोटोग्राफी, मैनवत्ती बनाउने तथा बेकरी तालीम आयोजना गरिसकेको छ । नेपाल महिला चेम्वरकी महासचिव लीमा अधिकारीले आर्थिक रुपमा सम्पन्न नभएसम्म महिलाहरुको अधिकार सुनिश्चित नहुने बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*