रियलमी ९प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा, यस्ता छन् बजारमूल्य र विशेषता

५ भाद्र २०७९, आईतवार १८:०६

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सि ३० लन्च गरेको छ ।

लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड  मुनिश गिरीले भने, “यो हाम्रो लागि एक दमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो । बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।

रियलमी ९ प्रो जी५
इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली ५जी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको UI भर्जन ३.० रहेको छ ।

यसमा ५जी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रयागन ६५९ ५जी रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपिको ट्रिपल क्यामरा रहेको छ । १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

५००० mAh को शक्तिशाली ब्याट्रि भएको यो रियलमी ढ प्रो ५जी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५०% सम्म चार्ज गर्न सकिन्छ ।
अरोरा ग्रिन र सनराइज ब्लुमा ८।१२८ GB को स्टोरेज क्षमता सहित उपलब्ध यसको मुल्य ३८ हजार ९९९ रुपैयाँ रहेको छ ।

रियलमी C30
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ नै, यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो ।

यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले ३ गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपिको छ भने अगाडिको क्यामरा ५ एमपिको छ । शक्तिशाली ५००० mAh को ब्याट्रिको साथमा प्रयोगकर्ताहरुले दिनभरी नै आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २।३२ र ४।६४ को स्टोरेजमा उपलब्ध छ । २।३२ को मुल्य १४ हजार ४९९ रुपैयाँ छ भने ४।६४ को १९ हजार ९९९ रहेको छ । रियलमी सी ३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा भाद्र ५ गते बाट उपलब्ध हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*