बुटवलदेखि पाल्पासम्म एन्टर्क राइड सम्पन्न, सहभागी राइडरलाई आकर्षक उपहार प्रदान

५ भाद्र २०७९, आईतवार १८:१४

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

भदौ ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*