घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?
६ भाद्र २०७९, सोमबार १०:५३

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।
आईतवारका दिन स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको थियो भने चाँदीको भाउमा सामान्य गिरावट आएको थियो ।