एनएलजी इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता

६ भाद्र २०७९, सोमबार १८:१२

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्नपूर्ण केबलकारबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार अब कम्पनीका एजेन्ट र ग्राहकहरुले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतामा एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलबहादुर पन्त र अन्नपूर्ण केबलकारका जनरल म्यानेजर दिनेस पौड्यालले हस्ताक्षण्र गरेका हुन् । पछिल्लो समयमा अन्नपूर्ण केबलकारले विभिन्न व्यवसायी, वित्तिय संस्थासँग छुट सम्झौता गर्दै आइरहेको छ ।

केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा छ । केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*