निर्जिवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि छुट्याए ६८ करोड, कुनले कति दिए ?

६ भाद्र २०७९, सोमबार १९:२४

काठमाडौं । १८ निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कर्मचारी बोनसका लागि ६८ करोड १५ लाख रूपैयाँ बोनस छुट्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६१ करोड ९७ लाख रुपैयाँ रकम छुट्याएको थियो । निर्जिवन बीमा कम्पनीहरुको कर्मचारी बोनस ९ दशमलव ९७ प्रतिशतले बढेको छ।

गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पाँच कम्पनीहरुको कर्मचारी बोनसका लागि छु्ट्याएको रकम घटेको छ । प्रिमियर इन्स्योरेन्सको १ प्रतिशत, मर्जरको प्रकृयामा रहेको एभरेष्टको ५० प्रतिशत, आइएमई जनरलको ९ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ८ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको कर्मचारीका बोनस घटेको तथ्यांकमा उल्लेख रहेको छ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १८ कम्पनीमध्ये कर्मचारीका लागि नेको इन्स्योरेन्सले धेरै रकम छुट्याएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा ११ प्रतिशतले बढेको हो । गत आवमा कर्मचारी बोनसका लागि नेको इन्स्योरेन्सले ८ करोड १८ हजार रूपैयाँ छुट्याएको हो ।

सगरमाथा इन्स्योरेन्सको कर्मचारी बोनस ९ प्रतिशतले घटेको छ। कम्पनीले गत आवमा कर्मचारी बोनसका लागि ६ करोड ३६ लाख ३६ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा सगरमाथाले कर्मचारी बोनस व्यवस्थाका लागि ६ करोड ६९ लाख ९९ हजार रूपैयाँ छुट्याएको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार शिखर इन्स्योरेन्सका कर्मचारीले ५ करोड ८७ लाख ३ हजार रूपैयाँ बोनस पाउने भएका छन् । अघिल्लो आवको तुलनामा शिखरका कर्मचारीले पाउने बोनस रकम १५.६२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा शिखरले कर्मचारी बोनसका लागि ५ करोड ७७ लाख ४ हजार रूपैयाँ छुट्याएको थियो ।

गत आर्थिक बर्षमा नेपाल इन्स्योरेन्सले कर्मचारी बोनसका लागि ५ करोड २७ लाख ९५ हजार रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले ५ करोड १२ लाख ३९ हजार रूपैयाँ र सिद्धार्थ इन्स्योरेन्सले ५ करोड ३९ लाख २३ हजार रूपैयाँ छुट्याएका छन् ।

गत आवमा ९८.६४ प्रतिशतले व्यवसाय बढाएको सानिमा जनरल इन्स्योरेन्सको कर्मचारी बोनस व्यवस्थाका २ करोड ७ लाख ३१ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम १८१.९४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले कर्मचरी बोनस व्यवस्थाका लागि ७३ लाख ५३ हजार रूपैयाँ छुट्याएको थियो ।

अघिल्लो आवको तुलनामा कर्मचारी बोनस व्यवस्थाका लागि छुटयाएको रकम अजोड इन्स्योरेन्सको ५८.२५ प्रतिशत, हिमालयन जनरलको ४४.०९ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३९.९९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १७.१३ प्रतिशतले बढेको छ ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्सको वृद्धिदर घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*