जनरल इन्स्योरेन्सले भदौ २३ गतेदेखि बीमा अभिकर्ताको तालिम दिने

७ भाद्र २०७९, मंगलवार १०:४९

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जिवन बीमा अभिकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर श्रृजना गर्ने उद्देश्यका साथ तीन दिने तालिम दिन लागेको हो ।

कम्पनीका अनुसार तालिम यहि भदौ २३ गतेदेखि २५ गतेसम्म नेपालगंज शाखा कार्यालय, सुर्खेतरोड, नेपालगंजमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक ब्यक्तिले भदौ २१ गतेसम्म कम्पनीको शाखा कार्यालय नेपालगंजमा सम्पर्क गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*