बीमा समितिमा रोकियो कृषि बीमा अनुदान शुल्क, तथ्याङ्क प्रमाणिकरणमा समस्या

७ भाद्र २०७९, मंगलवार १६:४४

काठमाडौं । बीमा समितिले कृषि बीमाको डाटा भेरिफिकेसन गर्न नसक्दा कैयौ दाबी भुक्तानी रोकिएको छ ।बीमा कम्पनीहरुबाटै अस्पष्ट डाटा आँउदा समस्यामा परेको समितिको स्रोतले जनाएको छ । पुशसेवा विभागले एक अर्बभन्दा बढि रकम बीमा समितिको खातामा पठाइसकेको भएपनि तथ्याङ्क प्रमाणिकरणको समस्याले रोकिएको हो ।

कृषि बीमाको डाटा भेरिफिकेशनमा समस्या देखिएसँगै अन्य विभागका कर्मचारीलाई पनि कृषि विभाग मै काम गर्नुपर्ने बाध्यता भएको एक कर्मचारीले बताए ।
बीमा कम्पनीहरुले बीमा समितिमा पटक पटक थप डाटा अपडेट गरिदिन आग्रह गरेपछि यस्तो समस्या देखिएको समितिका एक अधिकारीको भनाई छ । बीमा कम्पनीहरुले कृषि बीमाको तथ्याङ्क सही रुपमा राख्न नसकेकाले समस्या आएको बीमा समितिका अधिकारीहरुको भनाई छ ।

बीमा कम्पनीहरु नै तथ्यांक र अपडेट दिन ढिलाई गर्ने र दाबी भुक्तानीमा ढिलाई भएको भन्दै गुनासो गर्दै आएको ती अधिकारीले बीमापोष्टलाई बताए ।बीमा समितिको तथ्यांकमा समस्या निकै अगाडिदेखि हुँदै आएको छ । हाल एक तथ्यांक शास्त्री समेत नियुक्त गरिसक्दा पनि यस्तो समस्या देखिन भने छोडेको छैन । कम्पनीहरुले पटक–पटक तथ्याङ्क गलत भएको वा केही डाटा थप्नुपर्ने भन्दै ढिलाई गर्दा यस्मा समस्या देखिएको ती अधिकारीले बताए ।

बीमा समिति स्थापना भएको दशकौं बितिसक्दा पनि आफ्नो तथ्यांक प्रणाली अझै भरपपर्दो र विश्वनिय बनाउन सकेको छैन् । त्यसले गर्दा सम्बन्धित सरोकारवाला निकायहरूले चाहेको तथा खोजेका तथ्यांकहरू समेत पाउन सकेका छैनन् भने बीमा दायरा विस्तारको तथ्यांकमा समेत शंका उत्पन्न भएको छ ।

समितिमा अहिलेसम्ममा पनि कति बीमालेखहरू दाहोरिएका (डुप्लिकेशन) छन् भन्ने तथ्यांक छैन् । जसले गर्दा समितिले सार्वजनिक गर्दै आएको बीमा कभरेजको तथ्यांकमा समेत शंका उत्पन्न भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*