एनएलजी इन्स्योरेन्स र इ–बीमाबीच अनलाइनबाट बीमा खरिद गर्ने सम्झौता

९ भाद्र २०७९, बिहीबार ११:४९

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र डिजिटल बीमा सेवा प्रदायक बीमाबीच अनलाइनबाट नै इ(बीमा खरिद गर्न सक्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । उक्त सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा इ बीमाका निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरेका थिए ।

इ(बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको निर्देशक ज्ञवालीले बताए । एनएलजीका सीईओ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ-बीमासँग गरिएको यो सम्झौतापछि बजारको उक्त आवश्यकता पूरा हुने विश्वास व्यक्त गरेका छन् । ।

बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*