मर्जरको डेढ महिनासम्म हिमालयन एभरेष्टमा कर्मचारी मिलन हुन सकेन, सिईओमाथि नैतिक प्रश्न

१० भाद्र २०७९, शुक्रबार ११:०३

काठमाडौं । नेपाली बीमा इतिहासमा पहिलो पटक मर्जर गरेको हिमालयन जनरल इन्स्योरेन्स र एभेष्ट इन्स्योरेन्स मर्जर भई एकीकृत कारोबार गरेको झण्डै डेढ महिनासम्म पनि कर्मचारी मर्जर गर्न नसक्दा गम्भिर अवस्थामा पुगेको छ ।

सिईओ बिजय शाहले कर्मचारी मर्जरको विषयको गाम्भिर्यता र संवेदनशिलतालाई बुझ्न नसक्दा मर्जरपछि कम्पनीको अवस्था झनै भयावह हुने जोखिमतर्फ अघि बढेको छ । मर्जरको क्रममा दुई कम्पनीले हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार गत साउन १ गतेबाट नै सुरु गरिसकेको छ ।

एकीकृत कारोबार सुरु गरेपनि कर्मचारीहरु मर्जर सम्बन्धी योजना र नीति नबनाउँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा निराशा बढ्दै गएको छ । यसबीचमा केहीले राजिनामा समेत गरिसकेका छन् ।

अनिवार्य भिआरएस लागू नगर्ने षडयन्त्र
मर्जरको क्रममा कर्मचारी समायोजन हुन नचाहेमा राजिनामा दिई स्वेच्छिक अवकास लिने बाटो खुल्ला गर्नुपर्दछ । नियामक निकायले यस सम्बन्धमा ध्यान नदिँदा मर्जर भई बनेको हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई भिआरएस सुविधा प्रदान नगरेको बारे कुनै चासो दिएको छैन ।

थुप्रै कर्मचारीहरु एकीकृत कम्पनीमा काम गर्न नचाहने र जागिर छोड्न चाहने अवस्था देखिएपछि हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले भिआरएस लागू गर्न सकेको छैन ।

वित्तीय संस्था कर्मचारी संघले बक्तव्य नै निकालेर कर्मचारी समायोजन गर्न हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई उप समिति बनाउन भने पनि सिईओ शाह कर्मचारीको पिर मर्का नसुनेझै गरेर कानमा तेल हालेर बसिरहेका छन् ।

‘सिईओ बिजय शाह कर्मचारी समायोजनको विषयवस्तुको गाम्भिर्यता र संवेदनशिलता समेत नबुझ्ने पात्र रहेछन्’ हिमालय एभरष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीले बीमापोष्टसँग भने ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीचमा मर्जरमा जाँदा हिमालयन जनरलका दवदवा बढी रहेको छ । शेयरको स्वापः रेसियो रेडिमेड डिडिए रिपोर्ट अनुसार पूर्वयोजना मुताविक १००ः८५ रेसियोमा स्वाप गरिएको थियो भने सिईओ र अध्यक्ष दुवै हिमालयन जनरलले पाएको थियो ।

अहिले हिमालयन जनरलकै मोडलमा कम्पनी चलाउन थालेपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीमा निराशा र कामप्रति वितृष्णा बढ्दै गएको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*