हिमालयन एभरेष्टमा कर्मचारी समायोजन नहुँदा मर्जर प्रक्रियामा रहेका कम्पनीहरुमा तनाव फैलदै

११ भाद्र २०७९, शनिबार १९:३२

काठमाडौं । गत साउन १ गतेदेखि एकीकृत कारोबार गर्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन हुन नसक्दा मर्जर प्रक्रियामा रहेका अन्य कम्पनीहरुमा समेत तनाव बढेको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरु तनावमा पर्दै अन्यत्र जागिर खोज्न थालेपछि मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुसमेत तनावमा पर्न थालेका छन् । मर्जरमा गएपछि बढुवा रोकिएको, बोनस समेत कम पाइने तथा तलव सुविधा समेत प्रभावित भएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको अवस्था देखेर मर्जरमा रहेका अन्य कम्पनीमा कार्यरत कर्मचारीहरु समेत सशंकित बनेको भन्दै बीमापोष्टलाई पत्राचार गर्न थालेका छन् ।

उता, एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले वर्तमान सिईओको कार्यशैलीका तत्काल नफेरिए कम्पनीभित्र भयावह अवस्था आउन सक्ने चेतावनी सहितको पत्र बीमापोष्टलाई प्राप्त भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा लेखेको छन्, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनि लिमिटेडको मर्जर पछि एकीकृत कारोबार सुरु गरेपनि कम्पनिले कर्मचारीको मर्जर सम्बन्धी योजना र नीति नबनाउँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा निराशा बढ्दै गएको छ । यसबीचमा केहीले राजिनामा समेत गरिसकेका छन् ।’

बीमापोष्टलाई इ मेलमार्फत प्राप्त अर्कोपत्रमा भनिएको छ, ‘बीमा समितिको पत्रअनुसार गत चैत्र १० गते सम्पूर्ण बीमा कम्पनीहरुलाई गाभ्ने तथा प्राप्ति सम्बन्धी पत्रचार भएपनि कतिपय कम्पनीहरुले गाभ्ने सम्झौता गरिसकेको तर हिमालयन एभरेस्टको पहिलो गाभिने काम सफल भएको भनि समाचारहरु आएता पनि कर्मचारीहरुको हकहितमा कतिको काम भएको र सम्बन्धित कम्पनीले त्यो कुरामा कर्मचारीको पदोन्नती र खाईपाई आएको पारिश्रमिकमा कत्ति को विचार पुराएको छ की छैन भन्ने कुरामा बीमा समितिको खासै चासो देखाएको पाइएको छैन ।’

हिमालयन एभरेष्ट इन्स्योरेन्समा कार्यरत एक कर्मचारीले गुनासो गरे, ‘हाल बीमा कम्पनीहरुमा कर्मचारीहरु त छन् तर समायोजन तथा पदोन्नती गर्दा व्यापारको आधारमा गर्ने की शैक्षिक प्रमाण पत्रको आधारमा गर्ने त्यो माथि पनि बीमा समितिले चासो देखाउनुपर्ने ठुलो चुनौती छ । बीमा समितिले केही समय अगाडी बीमा कम्पनिमा रहेका कर्मचारीहरुको शैक्षिक प्रमाण पत्रहरु अध्ययन गर्ने भनी पत्र लेखेको भए पनि अझै पनि बीमा कम्पनीहरुमा रहेका केही कर्मचारीहरुको नक्कली शैक्षिक प्रमाण पत्र कै आधारमा काम गरिरहेको छन् र बीमा कम्पनीहरुले स्वयम् त्यस्ता कर्मचारीहरुलाइ संरक्षक गरी रहेका छन् ।’

मर्जरमा गएका कम्पनीहरुले श्रम ऐन अनुसार कुनै पनि कम्पनीका कर्मचारीले खाइपाइ आएको तलब सुविधा नघट्ने साथै अपवादबाहेकको अवस्थामा कामदार वा कर्मचारीले खाईपाई आएको सुविधा कटौती गर्न नपाइने प्रावधान रहेको छ । तर मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सम्बन्धमा एभरेस्ट इन्स्योरेन्सको तलव भत्ता हिमालयन इन्स्योरेन्सको भन्दा बढी भएकोले हिमालयनका कर्मचारीहरुलाइ सोही अनुरुप सुबिधा तथा भत्ताहरु दिनु पर्ने भनि आवाज उठ्दै आएको देख्न पाइएको छ भने यस विषयमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले मर्जरपछि खासै चासो देख्यको पाइएको छैन ।

मर्जर भई एकीकृत कारोवारका लागि बाँकी रहेका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स र प्रभु र अजोड इन्स्योरेन्सका कर्मचारीहरुलाइ पनि एकीकृत कारोवार छलफल नगर्ने तथा बढुवा रोकिने भय फैलिएको र मानसिक तनाव बढेको गुनासो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*