काेराेना बीमाकाे भुक्तानी गर्न एक अर्ब निकासा ल्याउदैछाैंः बीमा समिति

१३ भाद्र २०७९, सोमबार १९:१३

काठमाडाैं । बीमा समितिले काेराेना बीमाकाे दावी भुक्तानी गर्न अर्थ मन्त्रालयबाट एक अर्ब रूपैयाँ गरेर ल्याउन लागिएकाे जनाएकाे छ ।

समितिका अध्यक्ष सुर्य सिलवालले आगामी साताभित्रमा रकम निकाशा भएमा काेराेना बीमाकाे रकम वितरण गर्न सहज हुने बताए । अध्यक्ष सिलवालले काेराेना बीमाकाे दायित्व सरकारले स्वीकार गर्नुकाे विकल्प नभएकाेले भुक्तानी गर्न सरकारलाई आग्रह गरिएकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*