ओरियन्टल इन्स्योरेन्सको कुल बीमा आम्दानी अर्बमाथि, अन्य सूचाङ्क कस्तो ?

१४ भाद्र २०७९, मंगलवार १०:५८

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको कुल बीमाशुल्क आर्जनमा उल्लेख्य बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले गत आवको असार मसान्तसम्म एक अर्ब ४४ करोड ३ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा २२.८० प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म इन्स्योरेन्सले एक अर्ब १७ करोड बीमाशुल्क आर्जन गरेको थियो ।

बीमा ब्यवसायमा सुधार गर्दै इन्स्योरेन्सले यस अवधिसम्म कोषहरुको आकार समेत बृद्धि गरेको छ । कम्पनीले यस अवधिसम्म बीमा कोषको आकार १४.८७ प्रतिशतले बढाएर कोषमा एक अर्ब १६ करोड ४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, जगेडा कोषको आकार समेत ९३.९१ प्रतिशतले बढाएर ३१ करोड एक लाख रुपैयाँ संचित रहेको छ ।

बीमा ब्यवसायमा प्रगति गरेपनि कम्पनीको यस अवधिसम्म खुद नाफा भने प्रभावित बन्न पुगेको छ । गत आवको यसै अवधिसम्म ३३ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले यस अवधिसम्म ९.१५ प्रतिशतले घटेर खुद मुनाफा ३० करोड ४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

कम्पनीको आम्दानीसँगै व्यवस्थापन खर्च बढेकाले नाफा प्रभावित बन्न पुगेको हो । यस अवधिसम्म इन्स्योरेन्सको लगानी कर्जा, कमिशन आय ३२.१५ प्रतिशतले बढेको छ भने व्यवस्थापन खर्च १४.६३ प्रतिशतले बढेको छ ।

साथै कम्पनीको यस अवधिसम्म खुद बीमाशुल्क २०.४४ प्रतिशतले बढेर ९४ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने जारी बीमा पोलिसी संख्या ३३ हजार ९६८ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*