एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम दिने

१४ भाद्र २०७९, मंगलवार १६:००

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । उक्त तालिम भदौ महिनाको २४ गतेदेखि २६ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा सञ्चालन हुने भएको हो ।

उक्त तालिम कम्पनीको बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुको सुविधालाई मध्यनजर गर्दै कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धि अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले तालिममा सहभागि हुनको लागि शैक्षिक योग्यता एसएलसी तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात र १ हजार रुपैयाँ नगद सहित कम्पनीको केन्द्रिय कार्यालय वा क्षेत्रिय कार्यालय र अन्य नजिकको शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*