घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

१७ भाद्र २०७९, शुक्रबार १०:५७

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ५ रुपैयाँ कायम भएको छ ।

बिहिवारका दिन नेपाली बजारमा सुन प्रतितोला ९ सय रुपैयाँले घटेको थियो भने चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*