अर्थतन्त्र सुधारको दिशामा अघि बढिसक्यो, तरलता अभाव हुन दिन्नाै उत्पादनशिल क्षेत्रमा लगानी बढाऔंः अर्थमन्त्री शर्मा
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र अब सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २४ औ बार्षिक साभारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले राष्ट्रिय चाडपर्वहरू दशै तिहार सुरु भएसँगै रेमिट्यान्स बढेर अर्थतन्त्रमा सुधारको संकेतहरू देखिएको बताएका छन् ।
मन्त्री शर्माले देशको आर्थिक अवस्थामा लगानीयोग्य रकमको अभाव भएपनि अब सुधार हुने बताएका छन् । मन्त्री शर्माले अहिले देशमा लगानी योग्य रकम अभाव भएको स्वीकार गर्दै आगामी दिन तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजि क्षेत्रको उपस्थिति रहेको कार्यक्रममा मन्त्री शर्माले निजि क्षेत्रलाई उत्पादन मुलक क्षेत्रमा लगानि बढाउन आग्रह गरे । देशमा लगानी योग्य रकमको व्यवस्था बाताबरण रहेको स्मरण गराउदै यस्तो आग्रह गरेका हुन् । मन्त्री शर्माले कृषि, बन लगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।