५५ बर्षिय बाबुलाई बचाउने छोरीको त्यो प्रयासः एक तल्लामाथिबाट हाम फालेर तीन जना बन्दुकधारीलाई एक्लैले लखेटिन् (भिडियोसहित)

३ आश्विन २०७९, सोमबार २२:३२

काठमाडौं । केहीबेर अघि राजधानी काठमाडौंको कागेश्वरी मनोहरास्थित कृष्ण मन्दिर नजिकै भएको गोली काण्डमा एक यवतीले आफ्ना ५५ बर्षिय बाबुलार्ई बन्दुकधारीबाट बचाउन एक तल्लामाथिबाट हाम फालेर ३ जना बन्दुकधारीलाई लखेट्न सफल भएकी छिन् ।

आज साँझ गोठाटारस्थित कृष्णमन्दिर नजिकै रहेको घर पुग्ने वित्तिकै सर्लाही हरिवन नगरपालिका २ का ५५ बर्षिय लाल मोहम्मत भनिने मोहम्मद दर्जीमाथि तीन जनाको समुहमा रहेका व्यक्तिहरुले गोली प्रहार गरेका थिए । गोठाटारमा गार्मेन्ट उद्योग चलाएर बसेका उनी कपडा लिन जोरपाटी पुगेर साँझ घर फर्कदै थिए । घरमा पुग्ने वित्तिकै उनीमाथी पछाडिबाट गोली प्रहार भएको थियो । तीन जनाको संख्यामा रहेका बन्दुकधारीहरुले दर्जलार्ई लखेटी लखेटी गोली प्रहार गर्न थालेपछि घरको माथिल्लो तल्लाबाट दर्र्जीकी छोरीले बाहिर हेरेको र आफ्नै बाबुमाथि बन्दुकबाट गोली प्रहार गरेको देखेपछि एक तल्लामाथिबाटै हाम फालेर बन्दुुकधारीहरुलाई लखेटेकी थिईन् । प्रहरीले सार्वजनिक गरेको सिसी टिभी फुुटेजमा हरियो कुुर्जा जस्तै कपडा लगाएकी एक युवती एक तल्लामाथिबाट फाल हान्छिन् । भुईमा लड्छिन् र फेरि उठेर बन्दुकधारीतर्फ दौडदै लखेट्छिन् । लगत्तै बन्दुकधारीहरु पेस्तोल छोडेर भाग्छन् ।

दर्जीमाथि के कारणले गोली प्रहार भयो भन्ने खुुल्न सकेको छैन । दर्जीको केहीबेर अघि शिक्षण अस्पतालमा उपचारको निधन भएको जनाइएको छ । दर्जीको शरीरमा तीन वटा गोली लागेको प्रहरीले जनाएको छ ।

आफ्ना बाबुलाई बन्दुकधारीहरुको आक्रमणबाट जोगाउन एक तल्लामाथिबाट हाम फालेर तीन जना बन्दुकधारीहरुलाई लखेट्न सफल भएपनि ५५ बर्षीय दर्जीलाई बचाउन भने उनी असफल भएकी छिन् ।

घट्नामा रातो ज्याके लगाएर आएका व्यक्तिले ताकी ताकी नजिकैबाट गोली हानेको देखिएको छ । उनको साथमा अर्का एक जना कालो कपडा लगाएको व्यक्ति समेत देखिन्छ । घट्नापछि आक्रमणकारीहरु पल्सर मोटरसाइकलमा भागेको स्थानीयबासीले जनाएका छन् । -भिडियो सौजन्यः अनलाईन खवर/फेसबुक

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*