खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा १०० रुपैयाँ बोनसको साथै स्मार्टफोन जित्ने सुविधा

४ आश्विन २०७९, मंगलवार ११:३५

काठमाडौं । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका प्रदान गर्ने भएको छ।

यो बोनस अफर,राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्। यो अफर असोझ ३१ सम्म लागू हुनेछ। खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।

यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्छन्।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*