भीमफेदी बस दुर्घटनामा ७ जनाको मृत्यु
६ आश्विन २०७९, बिहीबार १८:०६

काडमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा आज बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना भएको हो ।
६ जनाको दुर्घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको स्थानीयले बताएका छन् । अन्य घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।