हिमालयन क्यापिटलको पाँचौ साधारण सभा कात्तिक १ गते बस्ने
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते मंगलबार बसेको संचालक समितिको बैठकले सभा कात्तिक १ गते कम्पनीको रजिष्टार्ड कार्यालय त्रिदेवी मार्ग, ठमेल, वडा नं. २७ काठमाडौंमा ११ बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभाले अन्य कुनै मर्चेन्ट बैकिङ्ग संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रस्ताव आएमा सो सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
यसका साथै आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।